आउँदो चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनको सोमबार राति १२ बजे देखि मौन अविधी सुरु भएको छ ।
आयोगले आज एक बिज्ञप्ती प्रकाशित गरेर राति १२ बजे देखि लागुहुने गरी प्रचार प्रसार निषेध गरेको हो ।
निर्वाचन आचारसंहिता अनुसार मतदान हुने दिन भन्दा ४८ घन्टा अगावै प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाईने व्यवस्था छ ।
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
प्रवक्ता पौडेलका अनुसार उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत÷हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न नहुने पनि बताए ।
उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहाय प्रसाद यादवको उम्मेदवारी रहेको छ ।
उम्मेदवारी रहे पनि प्रमिला कुमारीले भने आफ्नो समर्थन रामसहाय प्रसाद यादवलाई रहने घोषणा गरिसकेकी छन् ।
न्यूज समय
३० फाल्गुन, २०७९, मंगलबार ००:००