सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री शाहले विश्वासको मत पाए

न्यूज समय

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् ।
मुख्यमन्त्रीको बिश्वासको मतकालागि शाहले राखेको प्रस्तबमा उनको पक्षमा ४१ सांसदले मतदान गरेका छन् ।
सभामुख बाहेक ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा शाहलाई काँग्रेका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ स्वतन्त्र गरी कुल ४१ सांसदले विश्वासको मत दिएका हुन ।
एमालेका १० र राप्रपाको १ गरी जम्मा ११ जना सांसदले भने विश्वासको मतको बिपक्षमा मतदान गरेका थिए ।
प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधार ३ बमोजिम ठुलो दलको हैसियतले नेपाली काँग्रेसका कमल बहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।