एमालेका नेताहरुद्वारा भेटघाट तिव्र : कारागारमा रहेका रेशम चौधरीलाई पनि भेटे

न्यूज समय

राष्ट्रपतिको चुनाव नजिकि रहेको बेला नेकपा एमालेले भेटघाटलाई तिव्रता दिएका छन् ।
यसै क्रममा शुक्रबार एमालेका नेताहरुले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न डिल्लीबजार स्थित कारागारमा रहेका रेशम चौधरीलाई भेटेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीलाई भेट्न एमाले सचिव योगेश भट्टराई, नेताहरु कृष्णगोपाल श्रेष्ठ, भगवती चौधरी, ठाकुर गैरे लगायतका नेताहरु पुगेका थिए ।
भेटमा चौधरी संग नेताहरुले एमालेको तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाइ सहयोग गर्न आग्रह गरेका थिए ।
टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका चौधरीले भने यहि आउँदो २४ गते बस्ने पार्टीको बैठकले यसबारे निर्णय गर्ने जवाफ दिएका बताईएको छ ।
एमालेका नेताहरुले यस अघि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष माधबकुमार नेपाल लगाएतका नेता संग भेटेर नेम्वाङलाई सहयोग गर्न भनि सकेका छन् ।