राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बिच छलफल भएको छ ।
माओवादी संसदीय दलको कार्यालयमा भएको छलफललाई राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव र पुरानो गठबन्धन व्यूँताउने विषयमा गम्भिर छलफल भएको बुझिएको छ ।
तर नेताहरुले राष्ट्रपति कस्लाई दिने भन्ने विषयमा नखुले पनि अधिकतम सहमतीमा राष्ट्रलाई हित हुने राष्ट्रतिको विकल्प खोजिरहेको बताएका छन् ।
पुरानो गठबन्धनबाटै राष्ट्रपति हुने करिव करिव सहमति नजिक पुगे पनि राष्ट्रिय सहमतिको रटान भने नेताहरुले लगाई रहेका छन् ।
छलफलमा नेकपा माओवादी केन्द्रका तर्फबाट नारायणकाजि श्रेष्ठ र समाजबादीका तर्फबाट घनश्याम भुसाल पनि सहभागि रहेका थिए ।
उता बर्तमान सत्ता गठबन्धन अन्र्तरगत राष्ट्रपति आफुले पाउनु पर्ने अडानमा रहेको नेकपा एमालेले भने राष्ट्रपतिको उमेदवार सुवास चन्द्र नेम्वाङलाई बनाउने निधो गरिसकेको छ ।
पुष १० को सहमति अनुसार आफुले राष्ट्रपति पाउनुपर्ने एमालेले बताए पनि बर्तमान सत्ता गठबन्धन तोडेर भए पनि एमाले बाहेकको दलबाट राष्ट्रपति हुने गरी काँग्रेस लगाएतका केहि दलका नेताहरुले छलफल चलाई रहेका छन् ।
सांसदमा ठुलो दल रहेका नेपाली काँग्रेसले राष्ट्रपति आफुले पाउने विश्वासका साथ प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको भन्दै आफ्नो पक्षमा लविङ गरिरहेको छ ।
राष्ट्रपतिको आकांक्षी अर्का नेता कृष्ण प्रसाद सिटौला रहेपनि काँग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उमेदवरा बनाउने संभावन बलियो देखिएको छ ।
न्यूज समय
११ फाल्गुन, २०७९, बिहीबार ००:००