रविले पुनः नेपाली नागरिकता प्राप्त गरे

न्यूज समय

रवि लामिछानेले नेपाली नगरिकता प्राप्त गरेका छन् ।
नेपाली नागरिकता पुनः प्राप्तिका कानुन बमोजिम जिल्ला प्रशासन कायालय काठमाडौं पुगेका लामिछानेलाई आईतबार (आज) नागरिकता दिईएको हो ।
नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिमका कागजात सहित सम्पूर्ण प्रकृया पुरा गरेपछि उनलाई नागरिकता दिईएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, प्रतिनिधिसभाका सांसद तथा उपप्रधान एवं गृहमन्त्री समेत रहेका उनलाई अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्चले उनको सांसद पद खारेजिको फैसला गरेको थियो ।
लामिछाने बिरुद्ध अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता प्राप्त गर्न कानुन बमोजिम प्रकृया पुरा नगरेको भन्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।