१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, भूकम्पपछि सुनामीको चेतावनी

दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार हिजो साँझ लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा ७ दशमलब ७ म्याग्नेच्युडको भूकम्प गएको हो ।

लगत्तै ६ म्याग्नेच्युड हाराहारीका थुप्रै पटक पराकम्प गएको जनाइएको छ । न्यूजिल्याण्डदेखि इन्डोनेसियासम्म धक्का महसुस गरिएको भूकम्पले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन ।

अमेरिकी सुनामी चेतावनी केन्द्रले भानुआटु र फिजीमा सुनामी आउन सक्ने चेतावनी दिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*