पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई सेवाबाट हटायो

न्यूज समय

पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई सेवाबाट हटाएको छ । मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गदै कार्यालयमा हाजिर नभएको तथा बिदा स्वीकृत नगराई अनुपस्थित रहेको कसुरमा ७ जना इन्जिनियरलाई सेवाबाट हटाएको हो ।

गत कात्तिक २० गतेको निर्णयअनुसार ती कर्मचारीहरूलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको सूचनामा उल्लेख छ ।

हटाइएका इन्जिनियरहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् ।

उनिहरु उक्त मन्त्रालय अन्तर्गत पदाधिकार रहेका नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल इन्जिनियरिङ्ग समूह, बिल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियरहरू हुन् ।