पश्चिम बंगालमा जारी मतगणनामा भारतिय जनता पार्टीले सुरुवाती अग्रता लिएको छ । २ सय ९३ सिट मध्ये एउटा सिट फलतामा बाहेक सबैको मतगणना जारी छ। फलतामा भने मे २१ मा पुनः मतदान हुने छ।
प्रारम्भिक रुझान अनुसार भारतीय जनता पार्टी ले बहुमततर्फ अग्रता लिएको देखिन्छ। भाजपा १५७ सिटमा अगाडि छ भने तृणमूल कांग्रेस ११५ सिटमा अघि बढिरहेको छ। भवानीपुर सिटमा ममता बनर्जी पछाडि परेकी छन् भने सुवेन्दु अधिकारी अगाडि छन्।
त्यस्तै पानीहाटी सिटमा आरजी कर बलात्कार पीडितकी आमा रत्ना देबनाथले अग्रता लिएकी छन्। नरेन्द्र मोदीले जहाँ झालमुडी खाएका थिए, त्यही क्षेत्रमा भाजपा चारै सिटमा अगाडि छ। यी सिटहरू झारग्राम, बिनपुर, गोपीबल्लभपुर र नयाग्राम हुन्।


न्यूज समय
२१ बैशाख, २०८३, सोमबार ००:००