देउवा पक्षधर नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको ओखलढुंगाको जिम्मेवारी बालगोविन्दले पाए

न्यूज समय

डा. शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजक समितिलको ओखलढुंगा जिल्ला संयोजकको जिम्मेवारी बालगोविन्द राजभण्डारीले पाएका छन् ।

केन्द्रीय प्रतिनिधि गोमा केसीको सिफारिसमा संयोजक डा. कोइरालाले नेपाली कांग्रेसका पूराना नेता राजभण्डारीलाई १५ औँ महाधिवेशन गर्नका लागि संयोजकको जिम्मेवारी दिएका हुन् ।

राजभण्डारीले नेपाली कांग्रेसको संगठन निर्माणमा ठूलो योगदान पु¥याए पनि अहिलेसम्म कुनै अवसर नपाएका नेतामा पर्दछन् ।
बिशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको काग्रेसले महाधिवेशन अन्तरगत वडा अधिवेशन सम्पन्न गर्दा डा. कोइराला पक्षले पनि समान्तर महाधिवेशनको तयारी तिव्र पार्न थालेका छन् ।

सोही क्रम अन्तरगत जिल्ला तथा प्रदेशमा अधिवेशन सम्पन्न गर्ने गरी नेताहरुलाई जिम्मा दिइएको छ ।

निवर्तमान प्रधानमन्त्री शेरवहादुर देउवा पक्षको यो समितिले मङ्सिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने गरी यहि असोज १५ गते वडा अधिवेशनको तयारी गरेको छ ।