काठमाडौँ । अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष मंगलबार ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेहपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत यादवले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट गभर्नर जनरललाई नेपाल भ्रमणको निम्तोसमेत दिएको दूतावासले जनाएको छ ।
यस क्रममा गभर्नर जनरल र नेपाली राजदूतबीच नेपाल(अष्ट्रेलिया सम्बन्धका विविध पक्षका साथै साझा हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।
पारस्परिक समझदारी, विश्वास र सहयोगमा आधारित द्विदेशीय सम्बन्ध अझ सुदृढ तुल्याउन क्रियाशील रहने प्रतिबद्धता राजदूत यादवले व्यक्त गर्नुभएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
न्यूज समय
२३ माघ, २०८१, बुधबार ००:००