नेपाली काँग्रेसले १५ औं महाधिवेशन १८ गते देखि हुने

न्यूज समय

नेपाली कांग्रेसको १५ औं महाधिवेशन यहि असोज १८ गते देखि हुने भएको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टीको आज बसेको अनौपचारिक बैठकले असोज १८ गते उद्घाटन गरी अधिवेशन सुरु गर्ने निर्णय गरेको हो ।

यही असोज १६ गते देखि सुरु गर्ने भनिएको महाधिवेशन अविरल वर्षासँगैको बाढीपहिरोले तल्लो तहका अधिवेशन प्रभावित भएपछि दुई दिन पछि सारिएको पार्टीका कार्यवहाक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा हस्ताक्षरित जारी बिज्ञप्तीमा उल्लेख छ ।