इन्द्रजात्रा समापनका अवसरमा राष्ट्रपति पौडेलद्वारा जीवीत देवी कुमारीबाट दर्शन तथा टीका ग्रहण

न्यूज समय

राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् सांस्कृतिक महत्वको इन्द्रजात्रा पर्व समापन समारोहका अवसरमा वसन्तपुरस्थित कुमारी घर पुगेर जीवीत देवी कुमारीको दर्शन गरेका छन् ।

राष्ट्रपति पौडेलले श्री कुमारीका साथै श्री भैरव र श्री गणेशको समेत दर्शन गरे । सो अवसरमा राष्ट्रपति पौडेलले जीवीत देवी कुमारीबाट टीका, फुल र प्रसाद ग्रहण गरेका थिए ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबीता पौडेलसहित न्यूरोडस्थित जुद्ध शमशेरको सालिकदेखि कुमारी घरसम्म पैदल यात्रा गरेका थिए ।