रारा चाउचाउ गुणस्तरहिन भेटियो, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा विक्रिवितरणमा रोक

न्यूज समय

नेपालकै पुरानोे र उत्कृष्ठ तयारी चाउचाउको रुपमा चिनिने रारा चाउचाउ गुणस्तरहीन भएको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा गरिएको परिक्षणमा खाद्य पदार्थमा हुनुपर्ने तोकिएको मापदण्ड पूरा नभएको पाईए पछि विभागको गत भाद्र ९ गतेको निर्णय अुनसार कम्पनीलाई बजारमा पठाइएका उत्पादन फिर्ता ल्याई बिक्री वितरणमा पूर्णरूपले रोक लगाउन निर्देशन दिएको हो ।

कास्कीको पोखरा औद्योगिक क्षेत्रमा रहेको हिमश्री फुड्स प्रा.लि.ले उत्पादन गर्दै आएको यो चाउचाउको उपभोग्य म्याद उत्पादन भएको मितिले १२ महिनासम्म तोकेको भए तापनि परीक्षण क्रममा न्यूनस्तरको पाइएकाले यो व्याचका सम्पूर्ण उत्पादन फिर्ता ल्याउन विभागले निर्देशन दिएको हो ।

विभागका अनुसार ६० ग्राम तौल रहेको Reg ०१ ब्याच नम्बरको उक्त चाउचाउको उत्पादन मिति ५ फेब्रुअरी २०२६ उल्लेख रहेको सूचनामा उल्लेख छ ।