नेपाली काँग्रेसले १५ औं महाधिवेशनको मिति आज तय गर्दै

न्यूज समय

नेपाली कांग्रेसको आज बस्ने बैठकले १५ औं महाधिवेशनको नयाँ मिति टुंगो लगाउने तयारी गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टीको आज बस्ने अनौपचारिक बैठकले नयाँ मिति टुंगो लगाउने तयारी भएको यूवा नेता एवं नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्यले जानकारी दिए ।

यूवा नेता आचार्यका अनुसार अविरल वर्षासँगैको बाढीपहिरोले तल्लो तहका अधिवेशन प्रभावित भएपछि अधिवेशन केहि समय पछाडी सार्ने सहमति भएको थियो ।

घरदैलोमा चाडपर्व भित्रि सकेकाले त्यसलाई मध्यनजर गर्दै यही असोज १६ गते देखि गर्ने भनिएको महाधिवेशनको उद्घाटन सम्भवतः १९ गतेबाट सुरु गर्ने गरी सहमति हुन सक्ने पनि नेता आचार्यले संकेत गरे ।

सशस्त्र द्वन्दको उद्गम स्थल रोल्पाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधी भएर आएका आचार्यले १५ औं महाधिवेशनमा खस आर्यबाटआफु सह–महामन्त्रीको उम्मेदवारी रहने पनि घोषणा गरे ।

आचार्यले बिशेष महाधिवेशनमा आफुले कुनै पद नलिई साथीभाईलाई त्याग गरेका कारण यो महाधिवेशनमा स्वाभाविक रुपमा आफुले सह–महामन्त्रीको उम्मेदवारमा दावि गर्ने बताए ।

आर्चाय नेपाली काँग्रेस भित्र गान्धीवादी चरित्रका नेताका रुपमा चिनिन्छन् ।