नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले भीआईपीहरूलाई विनाकारण पक्राउ गर्ने क्रम जारी रहे त्यो सरकारका लागि घातक हुने बताएका छन् ।
सोमबार संघीय संसद् भवन सिंहदरबारमा पत्रकारहरु संग संक्षिप्त कुरा गर्दै प्रचण्डले विनाकारण भीआईपीहरुलाई पक्राउ गर्ने कार्य नदोहो¥याउन सरकारलाई आग्रह समेत गरे ।
सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने सरकारले त्यसको ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी समेत दिए ।
पूर्व प्रधानन्यायाधिश पक्राउ प्रकरणमा सुरक्षा थ्रेट भनिएको विषय सामान्य मानिसले पनि बुझ्ने खालको बहानाबाजी मात्र भएको र यदि त्यस्तो थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी पठाईदिनुपर्ने तर्क गरे ।
साथै प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले बोलेको कुरा स्वाभाविकै भएको र त्यस ठाउँमा अन्य प्रधानमन्त्री भएको भए पनि त्यस्तै बोल्नु पर्ने प्रतिकृया दिए ।


न्यूज समय
१२ आश्विन, २०८३, सोमबार १३:४८