५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्यः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन् ।

सोमबार बाराको सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षण गर्दै मन्त्री महतले स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँदै लैजाने बताएका हुन् ।

नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्री महतले नागरिकको दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको बताए ।

बारा जिल्लाको औद्योगिक करिडोर अझ बढाउन सरकारले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेको भन्दै एयरपोर्ट बन्यो भने बाराको महत्व अझ विस्तार हुँदै जाने पनि उनले उल्लेख गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*