१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

कर लगाएर आयात खोले सुन तस्करी रोकिन्छ : शेरबहादुर देउवा

नेपाली कांग्रेस सभापति कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सुनमा कर लगाएर आयात खोल्नुपर्ने बताएका छन् । बढ्दो सुन तस्करीलाई रोक्ने हो भने यसमा कर लगाउनुपर्ने उनको भनाइ छ ।

तीन दिनदेखि नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनमा चलको कांग्रेस संसदीय दलको बैठकको अन्तिम दिन सम्बोधन गर्दै नेता देउवाले सुनको आयात कर लगाएर खोल्नुपर्ने राय राखेका थिए ।

सुनमा राम्रो कर लगाएर आयात खोल्नुपर्छ । आयात खुला नभएकै कारण तस्करी पनि मौलाएको हो, बैठकको सम्बोधनका क्रममा देउवाले भने, ‘यसको दीर्घकालीन समस्या समाधानको लागि आयात खोल्नै पर्छ ।’

संसदीय दलको बैठकमा सुन तस्करी प्रकरणलाई लिएर चर्को बहस भएको थियो । यसको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नै बनाउन माग केही नेताहरूले गरेका थिए । तर बैठकको निष्कर्षमा भने सीआईबीलाई नै सघाउनुपर्ने बताइएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*