१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

एमालेले सदन अवरुद्ध गर्ने तयारी गरेपछि प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ। सोमबार दिउँसो १ बजेको लागि बोलाइएको बैठक मंगलबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको हो।

गैरकानुनी रुपमा नेपालमा सुन भित्रिएको विषयमा छानबिन समिति गठन गर्न माग गर्दै नेकपा एमालेले सदन अवरुद्ध गर्ने तयारी गरेपछि बैठक बस्दै नबसी स्थगित भएको हो। यसअघि यही साउन १० गते बसेको बैठक पनि एमालेकै अवरोधका कारण स्थगित भएको थियो।

सोमबार सदन चलाउने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीबीच छलफल भएको थियो तर सहमति हुन नसकेपछि एमालेले सदन अवरोध गर्ने अडान कायमै राखेको थियो।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*