गए राति देखि देशै भर लगातार बर्षा, सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग लगाएतमा आवागमनमा रोक

न्यूज समय

जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ ।

अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्गका रुपमा रहेको पृथ्वी राजमार्गलाई बिहिबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि पूर्ण रुपमा आवागमनमा रोक लागएको हो ।

जल तथा मौसम विज्ञान विभागले धादिङ र आसपासका क्षेत्रमा आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरे सँगै जिल्ला प्रशासनले त्यस्तो रोक लागएको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)द्वारा जारी सूचनामा यात्रु तथा सवारी चालकहरूलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न भनिएको छ ।

गए राति देखि काठमाडौं लगाएत देशै भर अविरल बर्षा भइ रहेको खवर प्राप्त भएका छन् । बर्षा कारण हुने बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै दाङ जिल्लाका जोखिम युक्त सडकहरुमा पनि जिल्ला प्रशासनले आवत जावत बन्द गराएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै केही दिनकालागि विद्यालयहरु समेत बन्द गराईएको छ ।

भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारीलाई तीव्र बनाएको छ ।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् आयोजनासहित बाढीका कारण प्रभाव पार्न सक्ने सम्भाव्य स्थानलाई लक्षित गरी सतर्कता बढाइएको छ । बाढीका कारण सम्भाव्य जोखिमी न्यूनीकरणका लागि मकवानपुर प्रशासनले कुलेखानी क्षेत्रमा आवश्यक सतर्कताका लागि तीन स्थानमा साइरन जडान गरेको छ ।