निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध छ, मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले नेपाल प्रेसयुनियनको नबनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुने विश्वास दिलाए ।
सत्ता गठबन्धनका दलहरु बीच सिट बाँडफाँटको विषय सकारात्मक रुपमा अघि बढेकोले छिट्टै टुङ्गोमा पुगी गठबन्धन चुनावमा होमिने समेत मन्त्री कार्कीले बताए ।
सत्ता गठबन्धन कसैका विरुद्धमा नभई मुलुकलाई समृद्धि र विकासको बाटोमा हिडाउँदै लोकतन्त्र र संविधान जोगाउन बनेको उनको तर्क थियो ।