१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

८ लाख डोज भ्याक्सिन नेपाल आईपुग्यो

उत्तरी छिमेकी चीनले नेपाललाई ८ लाख डोज कोरोना भाइरस विरूद्धको भ्याक्सिन हस्तान्तरण गरेको छ ।
अनुदान स्वरुप दिईएको भ्याक्सिन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई सोमबार (आज) हस्तान्तरण गरेकी हुन् ।
नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज मार्फत आजै आएको उक्त परिमाणको भ्यक्सिन त्रिभुवन विमानस्थलमा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।
यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले उत्तरी मित्रराष्ट्र चीनबाट प्रदान गरिने ‘भेरासेल’नामक कोभिड–१९ विरुद्धको खोप लगायतका सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।
कोरोना भाइरका बिरामी भारत लगाएत नेपालमा पुन देखिन थाले पछि नेपालले पाएको यो भ्याक्सिन प्राथमिकताका आधारमा लगाइने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*