सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीन जिल्लाले आजदेखि ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याएका हुन् ।
जारी भएको उक्त कानुन आज २८ वर्षपछि कार्यान्वयनमा आएको मन्त्रालयका सहप्रवक्ता एवं वरिष्ठ कृषि अर्थविज्ञ डा लालकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरका २१ स्थानीय तहबाट उक्त ऐन कार्यान्वयन गरिएको समेत बताए ।
यो एन कार्यान्वयनमा आए संगै उपत्यकाका अव्यवस्थित ठाउँमा पशु बध गरेर उपभोक्तासम्म अस्वस्थ मासु पुग्ने क्रम रोकिने विश्वास गरिएको छ ।
सरकारले गत भदौ १ गते नै राजपत्रमा सूचना प्रकाशन गरी देशभर तीन चरणमा ऐन लागू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीन जिल्लाका २१ स्थानीय तहमा लागू भएको यो ऐन कार्यान्वयन भएसँगै जथाभावी पशु बध गर्न र मासु बेच्न नपाइने भएको छ ।


न्यूज समय
२ मंसिर, २०८३, मंगलबार १३:४८