पत्नी सीताको उपचारका लागि प्रचण्ड मुम्बई जाँदै

न्यूज समय


सत्तारुढ नेकपाको पुष्पकमल दाहाल माधव नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल आज पत्नी सीताको उपचारका लागि भारतको मुम्बई जाने भएका छन् ।

दाहाल नेपाल पक्षको आइतबार बसेको स्थायी कमिटी बैठकमा दाहालले सीताको उपचारका लागि आफू सोमबार भारतको मुम्बई जाने जानकारी गराएको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिए । तर, दाहालको सचिवालयले भने यसबारे केही खुलाएको छैन ।

पार्किन्सन रोगबाट पीडित सीतालाई गत बुधबारयता मेडीसिटी अस्पताल भर्ना गरेर उपचार भइरहेको छ । तर स्वास्थ्यमा सुधार नआएपछि भारत लैजान लागेको अध्यक्ष दाहालले बैठकमा जानकारी गराएका थिए ।