२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

७१ औं कुष्ठरोग दिवस मनाईयो

‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौं’ भन्ने मूल नाराका साथ आज ७१ औं विश्व कुष्ठरोग दिवस मनाईएको छ ।

हरेक बर्ष झै आज जनवरी २८ मा इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक कार्याक्रमको आयोजना गरी यो दिवस मनाएको हो ।

‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म कीटाणुबाट लाग्ने यो रोग समयमै उपचार गरे निको हुने तथा अंग भंग हुनबाट बच्न सकिने भएकोले पनि यस बारे जानकारी दिन यो दिवस मनाउँदै आईएको छ ।

समाजमा रहेको गलत धारणाले पनि यो रोग लुकाउने तथा उपचारमा ढिला गर्ने गरेको पाईएकोले त्यस्त गलत धारणालाई हटाउन व्यापक जनचेतनाको आवश्यकता रहेको स्वास्थ्य विज्ञहरुको राय छ ।

नेपालमा अहिले पनि २ हजार पाँचसय २२ जना कुष्ठरोगका नयाँ बिरामी रहेको स्वास्थ्य सेवा विभाग इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाले आर्थिक वर्ष २०७९/८० मा देशभर विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा उक्त संख्यामा बिरामी फेला परेको जनाएको छ ।
अध्ययन अनुसार मधेश प्रदेशमा सवैभन्दा धेरै कुल बिरामीको ३७ प्रतिशत अर्थात् ९४४ बिरामी रहेका छन् ।
कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा प्रशन्न नापितका अनुसार सरकारले कुष्ठरोगमुक्त नेपाल निर्माणका लागि ‘राष्ट्रिय कुष्ठरोग रणनीति २०७८–२०८२’ निर्माण गरी कार्यान्वयनमा लागेको जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*