२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

डेंगु संक्रमण बढ्न थाल्यो, सतर्क रहन चिकित्सकहरुको सुझाव

जाडो मौषम परिवर्तन भई गर्मी बढे संगै डेंगुको संक्रमण पनि बढ्न थालेको छ ।
गत बर्ष नेपालका विभिन्न जिल्लामा अत्यन्त प्रभाव पारेको डेंगु रोग संक्रमणका विरामी यस बर्ष पनि गर्मी बढे संगै देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।
जाडो याममा लामखुट्टेको प्रभाव कम हुने भए पनि डेंगु रोग नेपालमा पूर्ण रुपमा शुन्यमा नझरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको छ ।
महाशाखाका अनुसार यस बर्ष कम पानी परेकाले पनि पानी जमेका खाल्टा तथा तलाउहरुमा लाम्खुट्टेले प्रसस्त अण्डा पारेको हुन सक्ने र डेंगुको जोखिम थप हुन सक्ने अनुमान छ ।
अघिल्लो बर्ष मात्रै नेपालमा झण्डै सवै जसो जिल्लामा यो रोगको संक्रमण फेला परेको पनि महाशाखाको भनाई छ ।
डेंगुका कारण गत बर्ष नेपालमा २० जनाको ज्यान गएको थियो भने झण्डै ५२ हजार जना यस रोग बाट संक्रमित भएको पनि महाशाखाले जनाएको छ ।
सामान्यतया डेंगु संक्रमित बिरामीलाई २ देखि ७ दिनसम्म ज्वरो आउने, कतिपय व्यक्तिको शरीरबाट रक्तस्राव हुने र केहीमा रक्तचाप घट्ने सम्भावना रहने चिकित्सकहरु बताउँछन् ।
यस रोगका विरामीहरुमा श्वास–प्रश्वासमा कठिनाइ, पेट दुख्ने, गिजाबाट रगत बगे जस्तो हुने, कालो दिसा आउने, थकान महसुस हुने, उल्टी हुँदा रगत देखिने, बिरामी बेहोस हुने, नाकबाट रगत आउने लगायत लक्षण देखिने हुन्छ ।
यि माथिका कुनै पनि लक्षण देखिए तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा जानु पर्ने समेत चिकित्सकहरुले सल्लाह दिन्छन् ।
विशेषगरी वर्षाको पानी जम्ने ठाउँ, जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रा टायर, अलकत्रा वा खाली ड्रम, गमला, पानी ट्यांकी आदिमा लामखुट्टेले अण्डा पार्ने भएकाले पनि त्यस्ता स्थान तथा संभावित क्षेत्रलाई बेला बेलामा सफा गर्ने एवं चिकित्सकको सल्लाहमा किटनासक औषधी छर्केर यसलाई नियन्त्रण गर्न समेत विज्ञहरुले सल्लाह दिदै आएका छन् ।
बिशेष गरेर डेंगु संक्रमित लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकाले मानिसहरुलाई पुरा बाहुला भएका लुगा लगाउने तथा स्वास्थ्य कर्मीको सल्लाह अनुसार बस्न पनि बिज्ञहरु सुझाउँछन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*