२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

(केएमसी)का आवासिय चिकित्सकहरु कलेज गेट अगाडी धर्नामा

आवासीय चिकित्सकहरुले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा धर्ना दिएका छन् । चिकित्सक डा. विशद दाहालको विषयलाई लिएर चिकित्सकहरु धर्नामा बसेका हुन् ।

चिकित्सक दाहालको निलम्वन स्थगन गरिएको भए पनि (केएमसी)ले कलेज प्रवेश गर्न नदिएको भन्दै काठमाडौं मेडिकल कलेजको गेटमा चिकित्सकहरुले धर्ना दिएका हुन् ।

आवासीय चिकित्सकहरु डा. दाहाललाई एक महिनासम्म गरेको निलम्बन फुकुवाको माग र करिकुलमभन्दा बाहिरी काममा नलगाउन माग राख्दै अस्पताल परिसरमा केहि समय यता धर्ना दिंदै आइरहेका छन् ।

कलेज प्रशासनले आवासिय चिकित्सक दाहालले कलेज प्रशासनको विरुद्धमा काम गरेको भन्दै एक विज्ञप्ति मार्फत यहि पुस १२ देखि लागू हुने गरी पीजी कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी उनलाई एक महिना निलम्बन निर्णय गरेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*