२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

हारमा पनि उत्साहित नेपाली क्रिकेट

हिजो मध्यरातमा सम्पन्न एसिया कपमा भारतविरुद्ध नेपाल १० विकेटले पराजित भयो । तर पनि यो प्रतिस्पर्धा नेपालका लागि अविस्मरणीय र विशेष रह्यो । २० ओभरसम्मको खेलमा नेपालले कुने पनि विकेट लिन सकेन र पनि नेपालले यो खेलबाट एउटा बेग्लै ऊर्जा र आत्मविश्वास बटुलेको छ ।

पहिलोपटक नेपालविरुद्ध एकदिवसीय म्याच खेलिरहेको भारतले आफ्नो फुल स्ट्रेन्थ टीम उतारेको थियो । भारतीय टिममा विराट कोहली, रोहित शर्मा, हार्दिक पाण्ड्या, शुभमान गिलजस्ता चर्चित र अनुभवी ब्याट्सम्यान थिए ।

त्यसो त बलिङतर्फ पनि मोहम्मद सामी, मोहम्मद सिराज, रविन्द्र जडेजा, कुलदीप यादवजस्ता बुलेट बलर थिए । विश्व क्रिकेटलाई नै ‘रुल’ गरिरहेको भारतविरुद्ध एसोसिएट्स हैसियतको नेपालले आफ्नो क्षमताको एक झलक प्रस्तुत भने पक्कै गरेको हो ।

भारतका धरन्धर बलरसँग नेपाली ब्याट्सम्यानले डटेर सामना गरे । त्यतिमात्रै होइन, नेपाली ब्याटरले भारतका उम्दा बलरलाई छक्का चखाए । नेपाली ब्याट्सम्यानहरू ५० ओभर टिक्ने नाममा क्रिजमा झिँगा धपाएर बस्न चाहेनन् ।

उनीहरूले राम्रा राम्रा सटहरू राम्रो सुझबुझसाथ खेले । चाहे विकेट निरन्तर झरिरहेको किन नहोस् । नेपालको ब्याटिङ टप अर्डरमा मात्रै निर्भर छैन भन्ने पनि देखियो ।

भारतले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । पाकिस्तानसँग १०४ रनमा समेटिएको नेपालको ब्याटिङ देखेको भारतीय टीम आफू पनि सयकै हाराहारीमा समेट्ने धुनमा थियो । तर, नेपाली ओपनरहरूले जुन तरिकाले स्टार्ट गरे, त्यो भारतीय बलरहरूका लागि अपेक्षित थिएन ।

हुन त नेपालको व्याटिङजस्तो बलिङ नचलेको भन्ने भनाइ पनि छ । नेपाली बलरहरु त्यसमा पनि विश्वमै चिनिएको सन्दीप लामिछानेले दह्रो चुटाई खाए । तर पनि यो खेलबाट नेपाली टिम निराश होइन, उत्साहित हुनुपर्छ । ताकि यो नेपाली दर्शकका लागि सपनाको खेल थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*