२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

नेपालको अब्बल ब्याटिङ, जितका लागि भारतलाई २३१ रनको लक्ष्य

क्रिकेटमा विश्वको महारथि भारतसँग पहिलोपटक एसिया कपमा पुगेको नेपालले अब्बल प्रदर्शन गरेको छ । आज भारतविरुद्ध नेपालको प्रदर्शन विर्सन नसकिने भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरसम्म टिकेर २३० रनको राम्रो योगफल बनाउन सफल भयो । भारत २३१ को लक्ष्यसाथ मैदानमा उत्रिएको छ । तर बेलाबेलाको वर्षाले खेल प्रभावित पनि भइरकेको छ ।

श्रीलंकाको भिजेको पाल्लेकिल्ले स्टेडियममा नेपालका आशिफ शेखले सानदार अर्धशतक बनाए । तर एसिया कपको दुवै खेलमा अति राम्रो प्रदर्शन गरेका सोमपाल कामी भाने अर्धशतकबाट २ रनमात्रै टाढा रहे । पाकिस्थान विरुद्धको खेलमा पनि उनले अति राम्रो खेल खेलेका थिए ।

भारतीय कप्तान रोहित शर्माको ब्याटिङ निम्तोपछि नेपालका ओपनयद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात दिलाए । उनहरुले पारी संहाल्दै पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए ।

भारतलाई नेपालको पहिलो विकेट लिन ९.५ ओभरसम्म कुर्नु पर्यो । भारतीय बलरहरु मोहम्मद सामी, मोहम्मद सिराज र हार्दिक पाण्डेको बलमा दुई छक्का र तीन चौका प्रहार गरेका भुर्तेललाई शार्दुल ठाकुरले आउट गरेका हुन् ।

खेलको सुरुवाततिरै नेपालको तीन क्याच भारतले ड्रप गरेको थियो । योसँगै नेपाली खेलाडीमा हौसला थपियो र राम्रो लयमा खेल खेले ।

यसबीचमा नेपाललाई डिआरएस पनि सहयता बन्यो । आठौं ओभरको पहिलो बलमा अम्पायरले भुर्तेललाई एलबीडब्लू आउट दिए । तर नेपालले रिभ्यू लियो र थर्ड अम्पायरले विकेटको निर्णय सच्याए । भारतको एकपछि अर्को कमजोर फिल्डिङको रिभ्यूको सही निर्णयको बलमा नेपालले पहिलो विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गर्‍यो ।

यदि यो साझेदारी नभएको भए परिस्थिति पाकिस्तानसँग भएको खेलभन्दा धेरै फरक नहुन सक्थ्यो । किनकी यो साझेदारी टुटेपछि नेपालले लगातार विकेट गुमायो । आसिफले एउटा इण्ड सम्हाले पनि अर्कोतिर विकेट गइरह्यो । भीम सार्की ७, रोहितकुमार पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । जतिबेला नेपालको स्कोर १०१।४ थियो । त्यसपछि भने नेपालले केही सम्हालियो ।

छैटौं नम्बरमा आएका गुल्सन झाले आसिफसँग ३१ रनको साझेदारी गरे । ८८ बलमा अर्धशतक बनाएका आसिफ ३० औं ओभरको पाँचौं बलमा आउट भए । उनले सर्वाधिक ५८ रन बनााए । थप १२ रन जोड्दा झा पनि व्यक्तिगत २३ रनमा आउट भए ।

तर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुबैले सातौं विकेटका लागि ५० रनको साझेदारी गरे । ४२ औं ओभरको पहिलो बलमा ऐरी २९ रनमा आउट भए । त्यसपछि पनि सोमपालले केही ठूला सर्ट खेले । अर्धशतक बनाउन मात्र २ रन चाहिएको बेला उनी ४७.२ ओभरमा आउट भए । ५६ बलको सामना गरेका उनले एक चौका र दुई छक्का मद्दतमा ४८ रन बनाए ।

त्यसबेलासम्म पनि नेपालसामु पुरै ५० ओभर खेल्ने अवसर थियो । सन्दीप लामिछाने रन आउट भए भने ललित राजवंशी क्लिन बोल्ड भएपछि नेपाल ४८.२ ओभरमा २३० रन बनाएर अलआउट भयो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*