२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

बालेनले काठमाडौंका केही विद्यालय क्रिकेटमा सघाउने

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले विद्यालय क्रिकेटमा सघाउने भएका छन् । बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमाा केही विद्यालय तथा वडाहरुमा क्रिकेट नेट र प्रशिक्षक राख्ने उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका हुन् ।

महानगर प्रमुख बालेन र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीचको भेटवार्तासँगै एउटा समझदारी पत्र नै बनाएर सहमति भएको छ । सोही पत्र नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक तथा बाग्मती क्रिकेट अध्यक्ष खड्काबीच भएको सहमति पत्र रहेको फोटो पनि पोस्ट गरिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले पछिल्लो समय काठमाडौंबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने खेलाडी कम हुनुमा खेल्ने मैदान नभएको उल्लेख गर्दै यस्तो व्यवस्था गर्न लागिएको बताइएको छ । पारस खड्का , ज्ञानेन्द्र मल्ल , पृथु बास्कोटापछि काठमाडौँबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन, त्यसैले यस्तो निर्णय आवश्यक भएको हो ।

यसको कारण काठमाडौँमा खेल्ने वातावरण नै नभएर हो । स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्नुपर्ने स्टाटसमा लेखिएको छ । त्यसैअनुरूप ‘हामीले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दै छौं,’ बालेनले लेखेका छन् ।

ती ठाउँमा क्रिकेट सिक्न जाने खेलाडीको लागि प्रशिक्षकको अभाव छ। बाग्मती प्रदेशभित्र लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जनामात्रै छन् । प्रशिक्षक र खेलाडीको अनुपातलाई हेर्दा यो निकै कम हो ।

यस खाडललाई सम्बोधन गर्न, महानगरले वाग्मती क्रिकेट सङ्घको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आईसीसी लेभल ० क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्दै छ । जस अन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकलाई तालिम दिई त्यसपछि सहरभरका इच्छुक खेलाडीलाई क्रिकेटको ज्ञान र सीपह फैलाउन सहयोग गर्ने महानगर प्रमुखको भनाइ छ ।

यस्ता कार्यक्रममार्फत युवालाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने, ट्यालेन्ट पूलः क्रिकेट प्रतिभाको संख्या बढाइ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिहरूको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने योजना बनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*