२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

सुन तस्कर जाँचबुझको प्रतिवेदनका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक अपराहन्न ५ बजे डाकिएको छ । सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बैठक डाकिएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय श्रोतले जनाएको छ ।
बिहान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाए संगै त्यस बारेमा छलफल गर्न बैठक डाकिएको हो।
कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री दाहालको निर्देशन अनुसार गृहमन्त्री रवि लामिछानेले आन्तरिक परामर्श थालेका थिए ।
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझे लगत्तै गृहमन्त्री लामिाछानेले छलफल र परामर्शका आधारमा कानुन बमोजिम दुई उच्च अधिकारी सहितका व्यक्तिहरुलाई विभागिय कारवाही मुद्दा अगाडि बढाउन निर्देशन समेत दिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्य र अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीलाई विभागिय कारवाही तथा मुद्दा चलाउने प्रकृया अगाडि बढाईएको बुझिएको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाए संगै प्रहरी तथा कर्मचारीका उच्च अधिकारीलाई कारवहि गर्ने तैयारी भए पछि सुन तस्करी संजालमा हलचल पैदा भएको छ ।
यता एमाले र माओवादी सम्वद्धलाई अनुसन्धान तथा कारवाहिमा व्यवास्था गरिएको आरोप लागेको छ । सुन तस्कारको अनुसन्धानमा पटक पटक सम्पर्कमा रहेका नेता तथा प्रहरीका उच्च अधिकारीहरुलाई अनुसन्धानमा नतानिएका भन्दै निश्पक्ष छानविनको आवाज उठन थालेको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*