२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

रुसी सेनामा गएका थप ७ नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दैे रूसी सेनामा कार्यरत थप सात नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।
मृत्यु हुनेहरुमा धादिङका पूर्णबहादुर गुरूङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तान रहेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो संगै रुसी सेनामा कार्यरत १९ जना नेपालीको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यस अघि १२ जना नेपालीको मृत्यु भएको पुष्ठि गरेको थियो ।
थप क्षेति हुन नदिई तथा रुसी सेननमा गएका नेपाली फिर्ता गराउन सरकारले रूसी सरकार संग आग्रह पनि गरेको छ ।
साथै ज्यान गुमाएका परिवारलाई रुसी सरकारबाट राहत उपलब्ध गराउन र घाइतेको उपचार गर्न सरकारले कुटनीतिक पहल गरेको पनि जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*