२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

गर्मी बढे संग आगलागीका घटना बढे, सावधानी अपनाउन सरोकार निकायको आव्हान


गर्मीयाम बढे संगै मुलुकमा आगलागीको घटना बढ्न थालेका छन् । सुख्खा र गर्मीका कारण हुने आगलागीबाट ठुलो धनजनको क्षेति हुने भएकाले आगलागीबाट बच्न साबधानी अपनाउन सरकार तथा सरोकार निकायले जोड दिएका छन् ।

सरोकार निकाएले जथाभावि चुरोट खाएर ठुटा नफाल्न, बन जंगलमा आगो नलगाउँन एवं सलाई, लाईटर जस्ता प्रजोलनसिल पदार्थ बच्च बच्चिको पहुँच भन्दा टाढा राख्न समेत आव्हान गरेको छ ।

सनिवार मात्रै भोजपुर जिल्लाको हतुवागडी गाउँपालिकामा भएको आगलागिबाट एकै परिवारका तीन बाललालिकाको जलेर ज्यान गएको प्रहरीले बताएको छ ।

त्यस्तै मोरङमा सनिवार भएको आजलागीबाट झण्डै २० जलेर नष्ट भएको छ । रंगेली नगरपालिका वडा न.३ स्थीत स्थानीय सन्थाल, सतार र मुसहर बस्तीका २० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

दिउँसो करिव २ बजे देखि लागेको आगो आईतवार विहान मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक रञ्जन दाहालले बताए ।

आगो नियन्त्रण गर्न जिल्ला तथा जिल्ला बाहिरका ७ वटा दम्कलको प्रयोगबाट आगो नियन्त्रणमा लिईएको डिएसपी दाहालको भनाई छ ।

त्यस्तै केहि दिन यता काठमाडौं, उदयपुर कैलाली, मोरङ, झोजपुर, ताप्लेजुङ, सप्तारी, तेह्रथुम लागाएतका जिल्लामा आगलागी भएका छन् । आगलागीबाट करोडैंको क्षेति भएको छ ।

यता प्रधानमन्त्री पुष्पकमल दाहालले केहि दिन यता भएको आगलागीका घटनाबाट भएको धन जनको क्षति प्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक संजालमा स्टाटस् लेख्दै प्रधानमन्त्री दाहालले आगलागीबाट भएको धनजनको क्षति प्रति आफु मर्माहत भएको भन्दै त्यस्ता घटना नदोहोरीन दिन सावधानी अपनाउन सवैमा आग्रह समेत गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*