२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

सरकारले कर घटाएर पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने तैयारी

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने गृह कार्य थालेको छ ।
मन्त्रिपरिषदको बैठकले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने सहमति दिए पछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार वापतको करमा रु १० रुपैयाँ घटाउने तैयारी थालेको श्रोतले बताएको छ । अर्थमन्त्रालयले करमा १० रुपैयाँ घटाए पछि सोहि निर्णयका आधारमा पेट्रोलियम पदार्थको मूल्य पनि समायोजन गरिने अर्थमन्त्रालय श्रोतले बताएको छ ।
मन्त्रालयको तैयारी अनुसार पूर्वाधारवापत लिटरमा पाँच रुपैयाँ र भन्सार शुल्कमा पाँच गरी १० रुपैयाँ घटाई बजेट मार्फत सम्बोधन गरिने तैयारी भएको छ ।
तर खाना पकाउने ग्याँसमा भने शुल्क घटाईने छैन ।
अहिले नेपाली बजारमा पेट्रोल प्रति लिटर १८०, डिजेल र मट्टितेल प्रति लिटरको १६३ रुपैयाँमा बिक्री भईरहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*