२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

सत्ता गठबन्धनको बैठक जारी, एमसीसीबारे सहमती नभए गठबन्धन परिवर्त हुन सक्ने संकेत

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
एमसीसीका बिषयमा साझा धारणा बनाउदै पास गर्ने बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले चालेका कदमलाई छलफल गर्न बैठक बसेको हो ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक भन्दा अगाडी कसरी एफसीसीलाई टेबल गर्न सकिन्छ भन्ने बारेमा छलफल भइरहेको श्रोतले बताएको छ ।
बैठकमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी रहेका छन् ।
तर यस अघि नेकपा माओवादी केन्द्रको संसदियदलको बैठकले संसदमा एमसीसी टेबल गर्नै नहुने अडान लिए पछि बर्तमान सत्ता गठबन्धन नै धरापमा पर्ने स्थिती देखिएको छ ।
प्रधानमन्त्री देउबाले प्रमुख प्रतिपक्षि दलका नेता केपी ओलीलाई भेट्नुले पनि सत्ता गठवन्धनले नयाँ रुप पाउने स्थित सृजना हुन थालेको कतिपएको बिश्लेषण छ ।
एमसीसी पास गर्न खोजे सरकारबाट बाहिरिने माओवादीले चेतावनी दिइरहेका बेला सत्ता समिकरण परिवर्त गरी नेकपा एमाले संग गठबन्धन बनाई एमसीसी पास गर्ने मनस्थितीमा प्रधानमन्त्री देउवा रहेको अनुमान गरिएको छ ।
नेकपा एमालेले एमसीसी पास गर्न सघाउने संकेत यस अघि नै दिइसकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*