२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

शुक्रबार “नान”को प्रारम्भिक साधारणसभा हुँदै

राष्ट्रिय बिज्ञापन संघ नेपाल “नान” को प्रारिम्भक साधारण सभा शुक्रबार (भोलि) हुने भएको छ ।
काठमाडौंको लैनचौर स्थित मल्ल होटलमा आयोजना गरिएको प्रारम्भिक साधारणसभाको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री माननीय रमेश रिजालले उद्घाटन गर्ने कार्यक्रम तय भएको “नान” का अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।
बिहान ९ बजे देखि सुरु हुने कार्यक्रममा सातै प्रदेशका प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी रहेको पनि अध्यक्ष श्रेष्ठले बताए ।
प्रारम्भिक साधारणसभाको बन्दसत्रले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । २ बर्षे कार्यकाल हुने गरी तय गरिएको विधान बमोजिम कार्यसमितिमा १ अध्यक्ष, १ निर्वतमान अध्यक्ष, प्रथम र द्वितिय गरी २ उपाध्यक्ष, १ महासचिव, १ सचिव, कोषाध्यक्ष एवं सहकोषाध्यक्ष गरी दुई र ९ जना सदस्य रहने गरी कार्यसमिति चयन हुने संघका महासचिव आशिष खड्काले जानकारी दिए ।
साधारणसभाका लागि सम्पूर्ण तैयारी पुरा भएको पनि महासचिव खड्काले बताए ।
देशै भरी छरियर रहेका बिज्ञापन व्यवसायीलाई एउटै छाता संगठनमा आवद्ध गराई उनिहरुको हितमा काम गर्ने गरी संग स्थापना गरिएको “नान” का प्रथम उपाध्यक्ष प्रदिप कोईरालाले बताए ।
बिज्ञापन क्षेत्रलाई उद्योगको रुपमा स्थापना गर्दै बिद्यमान बेरोजगारी समस्यालाई सघाउन पनि आफुहरु राज्य संग हातेमालो गर्ने गरी अगाडि बढेको उपाध्यक्ष कोइरालाले भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*