२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

अर्थतन्त्रमा बहुआयामिक असर पर्नेबाट जोगाउन आवश्यक : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली अर्थतन्त्रमा बहुआयामिक असर पर्नेबाट जोगाउनु पर्ने बताएका छन् ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आर्थिक चुनौतिलाई सम्वोधन गर्न पुँजीगत खर्च बढाउन पनि निर्देशन दिए ।
संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारले पुँजीगत खर्चलाई तीव्रता दिन र कामको गुणस्तर कायम गर्न बिशेष पहल गर्नु पर्ने पनि प्रधानमन्त्री दाहालले बताए ।
आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा रहेको यस परिस्थितीमा विगतभन्दा नयाँ र गुणात्मक प्रकृतिको योजना निर्माण र बजेट व्यवस्थाका लागि सम्पूर्ण निकाय तैयारी अवस्थामा रहन पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन् ।
त्यस अवसारमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९÷०८० को अर्धवार्षिक समीक्षासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*