२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

वीरगंजका दुई फुड उद्योग सिल गरियो

पर्साको वीरगंज महानगरपालिका १३ स्थित दुई उद्योगलाई सिल गरिएको छ ।
म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा संयुक्त अनुगमन टोलिले फुडको नेपाल प्रा.लि. र स्न्याक एन्ड प्याक इन्डिस्ट्रजलाई लिस गरेको हो ।
श्रीपुरस्थित श्रवण रुङटाको घरमा भाडामा लिएर सञ्जय अग्रवाल, विद्या सरावगी र सन्तोष अग्रवालले संयुक्तरूपमा सञ्चालन गर्दै आएको ति उद्योगमा छापा मारेर सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य तथा गुणस्तर कार्यालय वीरगञ्ज र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त टोलीले अनुगमनका क्रममा ठुलो परिमाणमा म्याद गुज्रियका बस्तु फेला पारको थियो ।
ति उद्योगबाट करिब रु ९१ लाखभन्दा बढी मूल्य बराबरको म्याद गुज्रिएका ड्राइफुड्स, लालमोहन, चिप्स, चकलेट, ससेज, जाम, फुलनदाना लागाएतका बस्तु बरामद गरिएको छ ।
त्यस क्रममा प्रहरीले प्याकिङ गरिरहेका स्थानीय ३२ वर्षीय मनिषकुमार चौधरी, वीरगञ्ज–७ निवासी २३ बर्षीय आयुष अग्रवाल र वीरगञ्ज–१४ निवासी ३८ वर्षीय हरिनारायणप्रसाद कुर्मीलाई पनि नियन्त्रणमा लिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*