२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

रासायनिक मलमा दिईदै आएको अनुदान यथावत राखिने


सरकारले रासायनिक मलमा दिदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ ।
सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले रासायनिक मलमा दिदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको हो ।
बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन ।
यस अघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले रासायनिक मलमा दिदै आएको अनुदान घटाउने गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयको चौतर्फि बिरोध भएपछि सरकार अनुदान यथावत राख्न बाध्य भएको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*