२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

विश्वको दश वायु प्रदूषित सहर मध्य नेपालको काठमाडौं तेस्रो स्थानमा

नेपालको काठमाडौं विश्वको तेस्रो वायु प्रदूषित सहरको सूचिमा सूचीकृत भएको छ ।
वायु प्रदूषण सम्वन्धी अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरको मंगलबार बिहानको लाइभ अपडेटमा विश्वका १० प्रदूषित सहर मध्य काठमाडौ तेस्रो स्थानमा सूचिकरणमा परेको जनाईएको छ ।

तेस्रो नम्बरमा परेको नेपालको वायु प्रदुषणको मापन १७० यूएस एक्यूआई मापन भएको उल्लेख छ ।
त्यस्तै आईक्यू एयरको तथ्यांक अनुसार दोस्रो प्रदूषित सहरमा पाकिस्तानको लाहोर र पहिलो प्रदूषित सहरमा थाइल्याण्डको च्याङ माइ सहर रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ५० यूएस एक्यूआईभन्दा माथिको वायु अस्वस्थकर मानिनेमा पहिलो नम्बरमा रहेको थाइल्याण्डको च्याङ माइ सहरको वायु प्रदूर्षण मात्रा १९८ यूएस एक्यूआई (एयर क्वालिटी इन्डेक्स) पुगेको छ ।

त्यस्तै दोस्रो नम्बरमा रहेको पाकिस्ताको लाहोरमा प्रदूषणको मात्रा १७५ यूएस एक्यूआई पुगेको वायु प्रदूषणसम्वन्धी अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरको सूचिकरणमा उल्लेख गरिएको छ ।

त्यस्तै भारतको दिल्ली, मुम्बई, सेनेगल, दक्षिण कोरिया, बहराईन लगाएतका सहर पनि उच्च वायु प्रदूर्षण भएका सहरहरुमा सूचिकरण भएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*