२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

नागरिकको भरोसा बनेर काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारीहरुलाई नागरिकको भरोसा बनेर काम गर्न निर्देशन दिएका छन् ।
७७ वठै प्रमुख जिल्ला अधिकारीहरुलाई बिहिबार पठाईएको लिखित निर्देशनमा नेपाल सरकारको प्रतिनिधिको रूपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरणका साथै नागरिकको भरोसा अभिवृद्धि गर्न भनिएको छ ।
उपप्रधान एवं गृहमन्त्री स्तरिय भएको निर्णय अनुसार पठाईएको उक्त पत्रमा स्थानीय प्रशासनलाई प्रचलित कानुनले प्रदान गरेका जिम्मेवारी पूरा गर्न तथा सुशासन, सेवा प्रवाह र विकास निर्माणमा समन्वय र सहजीकरण गर्ने उद्देश्यले सकारात्मक सोचका साथ प्रमुख जिल्ला अधिकारीले नेपाल सरकारको प्रतिनिधिको रूपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्न गराउन भनिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*