१९ बैशाख २०८१, बुधबार  |  1 May 2024,Wednesday
Ad

लुम्विनी प्रदेशका नवनियुक्त ७ विनाविभागीय मन्त्रीले पद तथा गोपनियताको सपथ लिए, यस अघि नियुक्त ३ मन्त्रीहरुले जिम्मेवारी पाए ।

लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना विनाविभागीय मन्त्रीले पद तथा गोपनियताको सपथ खाएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले बिस्तार गरेको मन्त्रीमण्डलका मन्त्रीहरुले बिहीवार प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको सपथ खाएका हुन् ।

विनाविभागीय मन्त्रीका रुपमा सपथ खानेहरुमा एमालेबाट गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी, रुपन्देहीका भूमिश्वर ढकाल र बाँकेका रत्नबहादुर खत्री रहेका छन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी, नेकपा एसबाट भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि पद तथा गोपनियताको सपथ खाए ।

त्यस्तै मुख्यमन्त्री महराले यस अघि विस्तार गर्दा भएका ३ जना विनाविभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् ।
मुख्यमन्त्री कार्यालयका अनुसार नेकपा (एमाले)का चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, नेकपा (माओवादी केन्द्र)का दीपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय र जनता समाजवादी (जसपा)का भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

लुम्विनी प्रदेशमा यो संगै नव बिस्तारित मन्त्री मण्डलको संख्या ११ पुगेको छ ।

सात्ता गठबन्धनका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ प्रदेशसभा सदस्यको समर्थनमा चैत २३ गते माओवादी संसदीय दलका नेता जोखबहादखुर महरा मुख्यमन्त्री बनेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*