२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

सरकारी स्वास्थ्यकर्मीहरू निजी स्वास्थ्य संस्थामा पूर्णकालिन काम गरे कारबाही हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी स्वास्थ्य संस्थामा पूर्णकालीन काम गर्ने सरकारी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयका अनुसार बिदा स्वीकृत गराएर वा नगराएर कर्मचारी तथा स्वास्थ्यकर्मी निजी स्वास्थ्य संस्था तथा विदेशी संस्थामा पूर्णकालीन रुपमा कार्यरत रहेको गुनासो आएपछि कारबाही गर्ने चेतावनी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीका अनुसार गुनासो आए पछि निगरानी बढाईएको बताउँदै त्यस्तो पाईए कारबाही हुने र त्यसबाट पर्न जाने असर प्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवारी हुने बताईएको छ ।

मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूलाई संयमित तथा कानूनसम्मत क्रियाकलाप गर्न सम्मेत अपिल गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*