२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले विश्वासको मतका लागि छलफल गर्दै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने तैयारी सहित छलफल थालेका छन् ।
नेपाली काँग्रस लुम्बिनी प्रदेशका प्रवक्ता एवं प्रदेश सांसद प्रचण्ड बिक्रम न्यौपानेका अनुसार मुख्यमन्त्री चौधरीले जारी छालफलले सार्थकता पाए आजै अपराह्न ४ बजे आव्हान गरिएको प्रदेशसभा बैठकमा विश्वासको मत लिने तैयारी गरेका हुन् ।
प्रवक्ता एवं सांसद न्यौपानेका अनुसार छलफलमा कुन पार्टी संग सत्ता साझेदार बढाउने एवं सरकारलाई समर्थन गर्ने दलहरुको एकिन गरेर मात्र विश्वासको मत लिने प्रकृयामा जाने बताए ।
केन्द्रमा सत्ता समीकरण परिवर्तन भए सँगै सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गते लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक महिना पछि मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनका लागि छलफल प्रारम्भ गरेका हुन् ।
लुम्बिनी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९, नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का १० (सभामुखबाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना सदस्य छन् ।
त्यस्तै जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन–तीनजना तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एकजना सदस्य छन् भने एकजना स्वतन्त्र सांस्द छन् ।
ति मध्य एक जना राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*