२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

सभापति बनेर पार्टी अहिलेको भन्दा फरक ढंगले चलाउछु : पूर्व महामन्त्री कोईराला

नेपाली काँग्रेसका पूर्व महामन्त्री डाक्टर शशाङक कोइरालाले अहिलेको परिबेशमा काँग्रेस पार्टी चलाउने शैलिमा परिवर्तन आवश्यक भएको बताएका छन ।
रामेछापमा आइतवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कोईरालाले पार्टी सञ्चालनको शैली समयानुकुल बनाउनु पर्ने धारणा राखेका हुन् ।
जिल्ला सभापति कान्छाराम तामाङ्ग, पूर्व सभापति रामचन्द्र खड्का, रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको उपस्थितिमा स्थानीय कार्यकर्ताले बिपि पुत्र कोइरालाले १५ औ महाधिवेशनबाट पार्टीको नेतृत्व लिनु पर्ने मागमा काईरालाले आफुले पार्टीको नेतृत्व गरे फरक ढङ्गले पार्टी सञ्चालन गर्ने योजनामा रहेको बताए ।
त्यस अघि सहिद गङ्गालाल फाउण्डेसनले रामेछापमै आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले चिकित्सक र राजनीति दुई पेशा बीच ठूलो भिन्नता रहेको बताए ।
बृहत् स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै कोइरालाले चिकित्सकले आफ्नो पेशामा आफ्नै हात र दिमागको उपयोग गर्न पाउने तर एउटा राजनीतिकर्मीले सम्पूर्ण रुपले आफ्नै राजनीतिलाई डोहोर्याउन नसक्ने अवस्था अहिले रहेको बताए ।
अन्य पेशाकर्मीको तुलनामा चिकित्सकले बढी बिबेक पुर्याउनुपर्ने उल्लेख गर्दै उनले बिरामिको शल्यक्रिया गर्नु पूर्व पैसा जम्मा गर्नै पर्ने बाध्यताको अन्त्य र चिकित्सकको व्यवहार सुधार्नु पर्नेमा जोड दिए ।
फाउण्डेसनको आयोजना सम्पन्न शिविरमा जिल्लाका ४ सय भन्दा बढी नागरिक लाभान्वित भएको छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*