२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

ज्ञापन पत्र बुझाउन गएका सेयर लगानि कर्ताहरु प्रहरी नियन्त्रणमा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालयलाई ज्ञापन पत्र बुझाउन गएका सेयर लगानि कर्ताहरु लाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल धितोपत्र बोर्डसँग यस अघि भएका सहमतिअनुसार नेप्सेले गर्नु पर्ने कार्य गर्न माग गदै कार्यालयमा ज्ञापन पत्र बुझाउन गएका लगानिकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीको नियन्त्रणमा परेकाहरुमा तीलक कोइराला, अर्जुनकुमार कोइराला र नयन बास्तोला लागाएतका छन् ।
प्रहरीले समाजिक सञ्जालमा कार्यालय घेराउ गर्न सवै सेयर लगानि कर्तालाई उपस्थित हुन आव्हान गरेको र हुलदंगा हुन सक्ने भन्दै उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
अहिले उनिहरुलाई सिंहदरवार वृत्तमा राखिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजवालले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*