२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

राष्ट्र बैंकको कारवाहीमा परे ९ वाणिज्य बैंक

नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही तथा जरिमाना गरेको छ ।
राष्ट्र बैंकले केही वाणिज्य बैंकहरु लाई सचेत गराएको छ ।
राष्ट बैंकका अनुसार साउन र भदौमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभुमा गाभिएको) लाई २ करोड ८४ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंक पनि कारबाहीमा परेको छ । राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ति सुद्धीकरण सम्बन्धी ऐन उल्लंघन गरेको भन्दै बैंकलाई १० लाख रुपैयाँ जरिवाना गरिएको छ ।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई पनि जरिमाना गरिएको छ । नेपाल बैंकले साउनमा कर्जा निक्षेप अनुपात कायम नगरेकोले १८ लाख ५९ हजार रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै साउन, भदौ र असोजमा सो अनुपात कायम नगरेको भन्दै नबिल बैंकलाई ६ करोड ४६ लाख, ग्लोबल आईएमई बैंकलाई ४ करोड ४२ लाख रुपैयाँ, कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार रुपैयाँ तथा हिमालयन बैंकलाई ७१ लाख ७२ हजार रुपैयाँ बराबर जरिवाना गरिएको छ ।
त्यस्तै तत्कालीन एनसीसीका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले आफ्नो अख्तियारभन्दा बाहिर गई कर्जा स्वीकृत गरेकाले उनलाई ५ लाख जरिवाना गरिएको पनि राष्ट्र बैंकले जनाएको छ ।
कुमारीले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा औचित्य पुष्टि नहुनेगरी गरेको र तत्कालीन एनसीसीले सहुलियतपूर्ण कर्जा सम्बन्धी एकीकृत कार्यविधि विपरित एकै समूहलाई एकभन्दा बढी सहुलियत कर्जा प्रवाह गरेको भन्दै राष्ट्र बैंकले ति बैंकलाई सचेत गराएको छ ।
तत्कालीन एनसीसी हाल कुमारी बैंकमा गाभिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*