२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा ३ जना नियुक्त

अर्थमन्त्री डा. प्रकाशशरण महतले ३ जना बिज्ञलाई मन्त्रालयको आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् ।
बिहिबार मन्त्री डा. महतले मन्त्रालयको सल्लाहकारमा डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे, र डा. गुणकर भट्टलाई आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेको अर्थमन्त्रालय श्रोतले जनाएको छ ।
भट्ट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् भने पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर काम गरिसकेका छन् । त्यस्तै डा. पाण्डे अन्तर्राष्ट्रिय व्यापार मामिलाका विज्ञका रुपमा चिनिन्छन् ।
पौडेल गएको मंसिर ४ मा प्रतिनिधिसभा निर्वाचन चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका थिए ।
अर्थ बिज्ञका रुपमा चिनिने पौडेल चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*