४ जेष्ठ २०८१, शुक्रबार  |  17 May 2024,Friday
Ad

तनहुँ १ बाट वाग्ले विजयी, रास्वपाले सरकारलाई दिएको समर्थबारे पुनर्विचार गर्ने,

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थनबारे समीक्षा गरिने बताएका छन् ।
उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार रहेका लामिछानेले जित नजिक पुगेपछि संचारकर्मीहरु संग कुरा गर्दै यस्तो कुरा बताएका हुन् ।
वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारले विगतका भ्रष्टाचारको विषयमा छानबिन गर्न खासै चासो नदेखाएको भन्दै सरकारलाई दिएको समर्थनबारे राष्ट्रिय स्वातन्त्र पार्टीले छिट्टै निर्णय गर्ने बताए ।
आफूहरूमा भएका कमजोरीलाई सुधारेर परिपक्व बन्न चुनावी मतपरिणामले देखाएको भन्दै लामिछानेले भ्रष्टाचारविरुद्ध सशक्त रुपमा उभिनका लागि आफ्नो एजेन्डालाई जनताले पुनः अनुमोदन गरेको टिप्पनी गरे ।
२०७९ मंसिर ४ को निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट भारी मतान्तरका साथ विजयी भएका लामिछाने यस उपनिर्वाचनमा पनि भारी मतका साथ जितको नजिक पुगेका छन् ।
नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरे पनि पुनः सोहि नम्बरबाट नागरिता लिई लामिछाने उपनिर्वाचनमा उनि होमिएका हुन् ।


उनि संगै राष्ट्रिय स्वातन्त्र पार्टीबाट तनहुँमा क्षेत्र न.१ उपनिर्वाचनमा होमिएका डा.स्वर्णिम वाग्ले भारी मतका साथ निर्वाचित भइसकेका छन् ।
काँग्रेसका प्रतिस्पर्धी गोविन्द भट्टराईलाई १४ हजार ७९५ मतले पछि पार्दै डा. वाग्ने प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत ल्याएका थिए ।
नेकपा एमलेको तर्फबाट उम्मेदवार भएका पूर्व आईजिपी सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याउँदै पराजित भएका छन् ।


तरा बारामा भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका पूर्व डिआईजी रमेश खरेल भने पराजित हुने सम्भावना देखिएका छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*