२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्र तर्फका उम्मेदवार दाहाल निर्वाचित

राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्र तर्फका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न राष्ट्रिय सभामा भएको मतदानमा प्रतिपक्षी नेपाली काँग्रेसको तर्फबाटका उम्मेदवार युवराज शर्मालाई २२ मतको अन्तरले पराजीत गर्दै दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका हुन् ।
कुल ३९ मत ल्याएका दहाललाई सत्ता पक्षिय नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।
विपक्षमा १७ मत पाएका शर्मालाई नेपाली काँग्रेस तथा लोसपाको समर्थनमा राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
५६ जना सांसद उपश्थित मतदानमा राष्ट्रिय जनमोर्चाले भने भाग लिएन ।
प्रधानमन्त्री पुष्पकमल दाहालको नातामा भाई पर्ने दाहाल २०३६ सालदेखि पूर्णकालिन राजनीतिमा सक्रिय भएका उनि २०४८ मा २०५७ सालदेखि माओवादीको केन्द्रीय सदस्य छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*