१७ बैशाख २०८१, सोमबार  |  29 April 2024,Monday
Ad

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा जेष्ठ नागरिक सेवा थप प्रभावकारी बन्दै

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले जेष्ठ नागरिक सेवालाई थप प्रभावकारी बनाउँदै लगेको छ ।
जेष्ठ नागरिकलाई उत्कृष्ठ सेवा दिने उदेश्यले प्रतिष्ठानले जेष्ठ नागरिक रोग विशेषज्ञको ब्यवस्था गर्दै छुट्टै ओपिडि सेवा समेत सञ्चालनमा ल्याएको छ ।

नेपालमै पहिलो पटक संचालनमा ल्याईएको यो सेवाबाट दाङ जिल्ला लगाएत आसपासका हजारौं जेष्ठ नागरिकले उत्कृष्ठ स्वास्थ्य सेवा पाएका छन् ।

जेष्ठ नागरिक रोग विशेषज्ञ डा.रमेश कडेलको नेतृत्वमा स्वास्थ्यकर्मीको व्यावस्था गरी सेवा दिदै आएको प्रतिष्ठानको भनाई छ ।
जेष्ठ नागरिकको सरल सहजै उपचालका लागि जेष्ठ नागरिक ओपिडिसहीत १२ वेडको वार्ड पनि सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बतए ।

प्रतिष्ठानका अनुसार यो सेवा संचालनमा आए यता ६० वर्ष भन्दा माथिका ६३ हजार ८ सय ४० जेष्ठ नागरिकहरुले ओपिडिवाट विशेषज्ञ सेवा पाएका छन् ।
जेष्ठ नागरिक सेवा सुरु गरे यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानलाई जेरियाट्रिक्सको विशिष्टकृत अस्पतालको रुपमा सुचिकृत हुनेगरी प्रकृया समते सुरु गरेको पनि प्रतिष्ठान स्रोतले बताएको छ ।

त्यस्तै प्रतिष्ठानले जेष्ठ नागरिक विधामा फेलोसीप कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जेष्ठ नागरिकहरुको उपचारमा थप संवेदनशिल हुँदै अस्पतालले पाठ्यक्रम नै बनाएर जेष्ठ नागरिक फेलोसीप कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

मुलुकमा जेष्ठ नागरिकको संख्या वढ्दै गएकाले यस समयमा एम.डि. गरिसकेका चिकित्सकहरुलाई लक्षित गरेर ल्याईएको यस कार्यक्रमले जेष्ठ नागरिकको उपचार सेवामा निकै फाईदा पुग्ने रजिष्ट्रार लम्सालको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*